घरकी लक्ष्मी भनेकी घरकी नारी हुन !

हिन्दु धर्ममा महिलालाई घरको लक्ष्मी मानिएको छ । जुन घरमा महिलालाई पुरै सम्मान मिल्छ उसको घरमा कहिल्यै पनि धनको कमी हुँदैन । लक्ष्मी त्यही निवास गर्छिन्, जहाँ महिलाको इज्जत हुन्छ । घरमा स्त्रिले गरेको साना साना कार्यले पुरै परिवारमा प्रभाव पर्छ । आउनुहोस् केहि यस्ता उपाय बारे चर्चा गरौ, जसको कारण धन र समृद्धि हुन्छ ।

वास्तुशास्त्र अनुसार रातको समयमा कसैको घरमा दुध माग्न जानु हुदैँन् । नत रातको समयमा कसैलाई दान दिनु हुन्छ । रातमा दान दिदा पैसाको अभाव हुनसक्छ । भान्छामा जुठो भाडा राख्नु हुदैँन । भान्छा सफा राख्नुपर्छ । यसले घरमा सुख सम्बृद्धि बन्छ र नकरात्मक ऊर्जा घरबाट भाग्छ ।

बेलुकीको सायमा तुलसीको विरुवाको नजिक कहिल्यै पनि बत्ती बाल्नु हुँदैन । यसो गर्दा घरमा झगडा हुने धेरै संभावना हुन्छ । बत्ती बाल्दा परिवारमा रोगको प्रकोप बढ्न पनि सक्छ । रातको समयमा महिलाले कपाल खुला गरेर कहिल्यै सुत्नु हुदैँन । यसो गर्दा माता लक्ष्मी रिसाउछिन्।

सुत्नु भन्दा पहिले कुचो लगाएर दक्षिण पश्चिम दिशामा छोपेर राख्नुपर्छ । फोहोर छोपेर राख्दा माता लक्ष्मीको निवास घर हुनेछ । भान्छामा रातको समयमा खाली बाल्टी पनि राख्न हुँदैन । यसले घरमा तनावको माहौल उत्पन्न हुन्छ ।

यो पनि :यी ४ चिज आफ्नो पर्समा राख्न कहिल्यै नटुटाउनुहोस, जिन्दगीभर हुनेछैन पैसाको कमी !मानव जीवनको भूत, भविष्य र वर्तमान बारे ज्योतिष शास्त्रले बताउँछ । समुद्र शास्त्रले मानव जीवनका बारेमा अनेकौँ खुलासा गरेको हुन्छ । यही आधारमा आज हामी केही कुरा यहाँ खुलाउँदैछौ ।

तपाई हामीले नियमित पैसा राख्ने पर्समा यदि समुद्र शास्त्रले तोकेका यी ४ चीजहरु राख्यौ भने निकै भााग्यमानी सावित हुनेछ । किनभने कसैकसैको जति मिहेनत गरेपनि धन हातमा नै नबस्ने समस्या देखिएको पाइन्छ यस्तो छ भने आज हामीले उल्लेख गरेका चीजहरु साथमा राख्नुहोला ।

मेहनतलाई खेर नफाल्ने हो भने यो कुरालाई विश्वास गरेर यो कार्य अवश्य गर्नुहोस् । किनकी तपाईको मेहनत अनुसार फल प्राप्त नहुँने । प्राप्त भएको धनपनि हातमा नबस्ने यो सबै तपाईको ग्रहको कारणले भएको हो। त्यसैले यदि तपाई प्रशस्त धन कमाएर सुखी बन्न चाहनुहुन्छ भने यी ४ चीज आफ्नो पर्समा राख्नुस्।

पहिलो कुरा आफ्नो पर्समा नियमित धनकी देवी माता लक्ष्मीको तस्वीर राख्नुहोस् ।किनभने लक्ष्मीको कृपाले तपाई धनको बचत गरी सकरात्मका बाटोमा लानेछिन्।

दोस्रो यदि पर्स वा खल्तीमा कमलको दाना राख्नाले पनि शुभ हुन्छ । यो पनि सुखी र धनी बनाउने संकेत हो।तेस्रोमा तपाईले यदि नियमित पर्समा अक्षता राखेर हिड्नु भयो भने पनि शुभ हुन्छ। जसले तपाईको रोकिएका कामहरु बन्ने र जागिरमा प्रशस्त अवसरहरु मिल्नेछ।र चौथोमा पर्समा सानो ऐना राख्नाले धनको बचत हुन्छ। जसले गर्दा तपाईले जीवनमा कहिल्यै पछि फर्केर हेर्नु पदैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *