अदाको टपलेस फोटोसुटले बलिउडमा हंगामा

निर्देशक विक्रम भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१९२०’बाट बलिउडमा प्रवेश गरेकी नायिका अदा शर्माले टपलेस फोटोसुट गरेकी छिन् । एक म्यागेजिनका लागि उनले गरेको टपलेस फोटोसुटले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।

अदाले गरेको फोटोसुट भिन्न खालको छ । उनले, फोटोसुटका क्रममा जुँगा राखेकी छिन् । बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । अदाले पनि जुँगा राखेर फोटोसुट गरेपछि चर्चा भएको हो । अदाले चलचित्र ‘हसी तो फसी’ नामक हिन्दी चलचित्रमा काम गरेपछि उनको प्रशंसा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *