संसारलाई रुवाएको प्रेम कहानी: कोरोना संक्रमित वृद्ध जोडीले ‘आईसीयू’मै मनाए विवाहको ५० औं वर्षगाँठ

एजेन्सी । चीनवाट विश्वव्यापी बनेको कोरोनाका कारण पारेको प्रभावका बारेमा विश्ववाट अनौठा घ ट ना सार्वजनिक भएका छन् । परिवारका सदस्यलाई भेट्नै नपाउने स्वास्थ्यकर्मीका कथाले सबैको मन रुवाएको छ ।

कोरोनासंग प्रत्यक्ष जुधिरहेको स्वास्थ्यकर्मीहरुका मन रुवाउने घ ट ना सार्वजनिक भइरहँदा एउटा वृद्ध दम्पत्तीको कथाले पनि विश्वमा चर्चा पाएको छ । म हा मा रीका रुपमा फैलिएको कोरोनाको त्रा समा विश्व छ । कोरोनाको सं क्रम ण फैलिएपछि विश्वका ६ लाख ३१ हजार बढी कोरोना सं क्र मितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

विश्वका एक तिहाई भन्दा बढी जनसंख्या घरमै बसिरहेका छन् । अधिकांश राष्ट्रले कोरोना फैलन नदिन लकडाउनको निति अवलम्बन गरेका कारण सबै घर भित्रै वस्नुपरेको हो ।

सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ भने यूरोपेली मुलुकमा इटालीमा बढी बढी प्रभाव देखिएको छ । हालै इटालीको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । जसले विश्वका धेरै मानिसको ध्यान तानेको छ ।

कोरोना सं क्र मित एक वृद्ध जोडीको तस्वीर भाइरल बनेको छ । उनीहरुले सघन उपचारक कक्ष (आईसीयू) मै आफ्नो विवाहको ५० औं वर्षगाँठ मनाएका हुन् । उनीहरुलाई उपचारमा संलग्न स्वास्थ्यकर्मीले साथ दिएका छन् ।

उनीहरूलाई वर्षगाँठ मनाउने व्यवस्था स्वास्थ्यकर्मीहरूले गरिदिएका थिए । ७१ वर्षीया सान्द्रा र उनका ७३ वर्षीय पति जियानकार्लोले अनुहारमा भेन्टिलेर भए पनि खाटबाट एकअर्काको हात समातेका थिए । फर्मो शहरको मुर्री अस्पतालमा यो घ ट ना भएको हो ।

त्यस अस्पतालकी नर्स रोबर्ता फेर्रेतीले वृद्ध जोडीको ५०औं वर्षगाँठ आउन लागेको थाहा पाएपछि अन्य स्वास्थ्यकर्मीसँग मिलेर पार्टी आयोजना गरिन् । पार्टी १० मिनेट मात्र चलेको थियो । अस्पतालका कर्मचारीहरूले सुरक्षा कवच लगाएर वृद्ध जोडीलाई घेरेको र हातले प्रेमको चिह्न बनाएका थिए । उनीहरु वृद्ध दम्पत्तीको वरीपरी झुम्मिएको तस्बिरमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *