टिसर्टको प्राइस ट्याग हटाउन बिर्सिएपछि मानुषीलाई आइलाग्यो यस्तो आ पत !

मानुषी छिल्लर आजकाल कुनै न कुनै कारणले चर्चामा छाइरहन्छिन् । हालै उनलाई एयरपोर्टमा देखिएको थियो ।यतिबेला रोचक के भइदियो भने उनले आफूले लगाइरहेको कालो टिसर्टबाट प्राइस ट्याग हटाउन बिर्सिएकी थिइन् । उनले बिर्सिएको कुरा सामाजिक सञ्जालका प्रयोगकर्ताले देखे र उनलाई ट्रोल गर्न थाले ।एयरपोर्टबाट निस्कने बित्तिकै मानुषीले प्रशंसकलाई हात हल्लाउँदै हेलो भनिन् । उनी निकै हतारमा थिइन् । क्यामरा उनी जताजता गयो त्यतै तिर तेर्सिरह्यो र जब उनी पछाडि फर्किइन् तब उनको कालो टिसर्टबाट ट्याग निस्किरहेको देखिएको थियो ।

उनले सन् २०१७ मा चीनमा आयोजित विश्व सुन्दरी प्रतियोगिताबाट मिस वर्ल्ड को उपधाधि हासिल गरेकी हुन् ।विश्व सुन्दरी प्रतियोगिता २०१७ को उपाधि जितेकी छिल्लरले सन् २०१७ को जुन २५ मा सम्पन्न फेमिना मिस इन्डिया २०१७ को उपाधि जितेकी थिइन् । मिस वर्ल्ड २००० को विजेता प्रियंका चोपडा पछि पहिलो र विश्व सुन्दरी प्रतियोगिता जित्ने छिल्लर छैठौं भारतीय महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *