के तपाईं लाई थाहा छ ? भगवान शिवले किन सेवन गर्छन् भाङ, धतुरो र गाँजा !!!

भगवान शिवले नशायुक्त पदार्थको सेवन पछाडि एक कथा लुकेको छ। कथा यस प्रकार छ:देवता र दैत्य मिलेर अमृतका लागि समुन्द्र मन्थन गरिरहेका थिए । उक्त समुन्द्र मन्थनमा अमृतका साथसाथ विष पनि निस्किरहेको थियो ।

पवित्र अमृतलाई त भगवान विष्णुले अत्यन्तै सुन्दर स्त्रीको रूप धारण गरेर लगे । त्यसपछि बाँकी रह्यो विष । यो विष निकै घातक थियो । त्यसको एक थोपाले पनि पृथ्वीमा ठूलो हानी पुर्‍याउन सक्थ्यो । श्रृष्टिको लागि विनाशकारी सावित हुन सक्थ्यो । यो विषलाई यत्तिकै छोड्न मिल्दैन थियो । अब समस्या पर्न गयो कि यो विष कसले पिउने ?

यसपछि सबै देवताले भगवान शिवलाई अनुरोध गरे । सबै देवीदेवताले शिव भगवानलाई यो विष धारण गर्न आग्रह गरे, किनकी भगवान शिवले मात्र त्यो विषको प्रकोपलाई सहन गर्न सामर्थ्य राख्थे । सबै देवताको अनुरोध र संसारको कल्याणका लागि भगवान शिवले उक्त विष पिए ।

शिव भगवानले विष पिउना साथ उनको गलालाई शिव पत्नी पार्वतीले समातिन् । विष भगवान शिवको शरीर भित्र पस्न पाएन । विष भगवान शिवको गलामा रोकियो जसका कारण शिव भगवानलाई नीलकण्ठ भन्ने गरिन्छ ।विष पिउनाले भगवान शिवको स्थिति बिग्रन लाग्यो र भगवान शिव अचेत हुन लागे । तब त्यसको प्रभाव शान्त गर्नका लागि भगवान शिवलाई भांग, धतुरो, गाँजा, दूध तथा जल अर्पण गरियो ।

भगवान शिवले भांग धतुरा चढाउने परम्परा भगवान शिवको पूजा तथा अभिषेकको एक हिस्सा बनेको हो । तर अर्को अर्थमा भांग र धतुरो नशायुक्त पदार्थ हुन् । भगवान शिवलाई भांग, धतूरो चढाउनुको अर्थ हो आफ्नो खराबीलाई भगवानलाई समर्पित गर्नु या आफ्ना नराम्रो बानी र खराबीलाई त्याग्नु नै शिवको सही अर्थमा आराधना हो ।

यो पनि :विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई धन लाभ !!!!:भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ । त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिजको मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।२ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई : विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो : विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।५ कुकुर : शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *