गर्भवती भएको थाहा पाए पछि प्रेमी फरार, युवती भन्छिन्स् “कुनै पनि हालतमा बच्चा जन्माएर हुर्काउँछु”

काठमाडौ । प्रेमिका गर्भवती भएको थाहा पाएपछि प्रेमी सम्पर्क विहिन भएपछि एक युवती अब एक्लै सन्तान जन्माएर हुर्काउने योजनामा छन् । गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा गरेका थिए । त्यही विश्वासमा परेर उनले आफुलाई सुम्पिइन् ।

प्रेमको गहिराईमा चुरलुम्मै डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन।

एक अर्का सँग नजिक हुदा हुदै कतिबेला थाहा नै नपाएर एक्कासी गर्भवती भएको तीन महिनापछि मैले थाहा पाएँ। सुरुमा उ पोजेटिभ नै थियो तर पछि फोन गर्दा तिमी को हो म तिमीलाई चिन्दिन भनेपछि मेरो सातो उड्यो महोत्तरीको जलेश्वरकी २० वर्षीय युवती मिना परिवर्तित नामले भनिन्। डाक्टरले साउन दोस्रो साता डेलिभरी हुने भनेका छन्।

सुत्केरी हुने समय नजिकिँदै गर्दा सबै आफन्तबाट एक्लिएकी उनी साथीको घरमा चिन्तित अवस्थामा छिन्। साथ दिने कोही छैन जताततै तिरस्कार छ। न समाजले साथ दिएको छ न त परिवार आफन्तजन ले नै ।

मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो दुखिरहँदो रहेछ। अति माया गर्ने आमाबुबा समेत टाढिएका छन्। उनी घर जानै सक्दिनन्। मन बाँधेर अगाडि बढ्ने कोसिसमा छु उनी भन्छिन् तर मान्छेको मन हो, दुखिरहँदो रहेछ। गएको मंसिरमा गर्भवती भएकी उनी घर परिवार, आफन्त समाज चारैतिरबाट गर्भ फाल्न दबाब दिएपछि उनी आ त्मह त्या गर्न विष समेत किनिसकेको थिइन्।

Leave a Reply

Your email address will not be published.