बलिउडमा अर्को शोक : कलाकार दिव्याको कोरोनाले लियो ज्यान

काठमाडौं । भारतीय टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ की कलाकार दिव्या भटनागरको आज मुम्बईमा निधन भएको छ ।

उनी पछिल्लो ११ दिनदेखि निमोनिया र कोरोना भाइरस महामारीको कारण अस्पतालमा भएकी थिइन् ।

उनको भाई देवाशिष भाटनागरले निधनको खबर पुष्टि गरेका हुन् ।

उनले भने –‘केही दिन अगाडी हमीले दीदीलाई दास्रो अस्पतालमा भर्ना गरेका थियौँ । तर उनको स्वास्थ्य अवस्थामा सुभार आएन । यही कारण आज बिहान ३ बजे कार्डियक अरेस्टको कारण उनको निधन भयो ।’

दिव्या नोभेम्बर २६ मा मुमबईको एस.आर.वी अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्यमा सुधार नभएपछि उनलाई मल्टी स्पेशल अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *