श्वेताको बिहे, दुलही बन्दा देखिईन् साह्रै राम्री (हेर्नु’होस भीडीयो)

नायिका स्वेता खड्काले ६ वर्षपछि दोस्रो बिहे गर्दैछिन् । उनले धनगढीका विजयेन्द्र सिंह राउतको हातबाट सिन्दुर लगाउनेछिन् । काठमाण्डौको गोकर्ण रिसोर्टमा आज हुन लागेको बिहे समारोहमा उनी र विजयेन्द्र निकट नजिकका केहि व्यक्तिहरु मात्रै उपस्थित हुनेछन् ।

स्वेताले बिहेको अघिल्लो दिन भनिन् कोरोनाको सन्त्रासका बिच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, सञ्चारकर्मीहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु ।

महामारीको यो माहौलमा सिमित व्यक्तिहरुलाई साक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

स्वेता र विजयेन्द्र विगत डेढ वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको बताइन्छ । तर, यस बिषयमा स्वेताले कुनै कुरा खुलाएकी छैनन् । ६ वर्षअघि अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिए पनि बिहे भएको एक महिनामै श्रीकृष्ण श्रेष्ठको असामयिक निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *