आयो दुःखद खबर; दुर्घटनामा प्रहरी सहित २ जनाको मृत्यु

काठमाडौ । पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठ’क्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी जवान सुजन न्यौपाने रहेका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ति नगरपालिका–६ मा पूर्वतर्फ जाँदै गरेको ना ३७ प ५५४५ नम्बरको मोटरसाइकललाई ना ६ त ३३८१ नम्बरको ट्र्याक्टरले ठ’क्कर दिएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ट्र्याक्टरको ठक्करबाट सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटमा दरबन्दी भई इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत ३३ वर्षीय न्यौपानेको मृत्यु भएको हो । राति ८ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा राति मृत्यु भएको हो । न्यौपाने मकवानपुरको आमभञ्ज्याङका रहेको प्रहरीले जनाएको छ ।

यस्तै गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–७ का ३५ वर्षीय विजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ बहेडाचोकमा ग १ च ९७२१ नम्बरको स्कारपियो गाडीले ना २९ प ९७०८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिएको थियो ।

मनहरीबाट भरतपुरतर्फ आउँदै गरेको गाडीले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठ’क्कर दिएको थियो । गाडीको ठ’क्करबाट घाइते चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर खाने दुवै सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । फाइल तस्वीर,****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *