कोभिड केन्द्रमै पीपीई लगाएर धुमधाम विवाह, बेहुलीको रिपोर्ट पोजेटिभ आएपछि उड्यो सबैको होस (भिडियो हेर्नुस्)

काठमाडौं । चीनवाट सुरु भएको कोरोनाले अहिले विश्व ढाकेको छ । नेपालमा पनि लाखौं मानिस संक्रमित भएका छन् । दिनहुँ संक्रमित थपिने क्रम जारी छ । अमेरिका, ब्राजिल, इटली लगायतका देश जस्तै भारतमा पनि कोरोनाले आक्रान्त पारेको छ । हजारौं मानिस दिनहुँ संक्रमित भएका छन् भने सयको संख्यामा दिनहुँ ज्यान गुमाएका छन् ।

कोरोनाका कहरकै बीच मानिसका दैनिक काम संचालन छन् । साथै संस्कार र परम्पराका कामहरु पनि भइरहेका छन् । कोरोनाकै कारण धेरै युवायुवतीको विवाह रोकिएको छ । धुमधामसंग विवाह गर्ने योजना बनाएकाहरुको योजना परिवर्तन भएको छ ।

कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । मानिसहरु आफ्नो घरमै बसीरहेका छन् । अतिआवश्यक काम भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कने गरेका छन् ।

भारतको राजस्थानमा यही कोरोना महामारीबीच एउटा रोचक घटना बाहिर आएको छ । राजस्थानको केलवाडा कोभिड केन्द्रमा एक कोरोना संक्रमित जोडीले विवाह गरेका छन् । उनीहरुले पीपीई लगाएर विवाह गरेका हुन् । बेहुलीको विवाहकै दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उक्त विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भई रहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले उक्त भिडियोमा विभिन्न कमेन्ट गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *