खानामा कपाल भेटिएपछि पतिले खुइल्याइदिए पत्नीको टाउको

एजेन्सी । संसारमा अनौठा मानिस हुन्छन् । सानो घटनाको पनि ठूलो प्रतिकृया दिन्छन् । जसले जिवनमै ठूलो असर गर्छ । उनीहरुले हतारमा निर्णय गर्छन र फुर्सदमा पछुताउँछन् । बंगलादेशमा एक पतिले खानेकुरामा कपाल भेटेपछि पत्नीको टाउको ज’ब’र्ज’स्ती मुण्ड्याइदिएका छन् ।

बब्लु मोण्डल नामक ती पतिलाई उत्तरपश्चिमी जिल्ला जोयपुरहाटबाट प्रहरीले पक्राउ गरेको छ । गाउँलेहरूले घटनाको जानकारी दिएपछि प्रहरीले मोण्डललाई पक्राउ गरेको हो ।

‘पत्नीले बिहान पतिलाई दूधभात खान दिएकी थिइन् अनि त्यसमा उनले कपाल भेटे,’ स्थानीय प्रहरी प्रमुख शहरियार खानले बताए ।

‘कपाल देखेपछि उनी रिसाए र पत्नीलाई दो’ष दिए । त्यसपछि उनले बि’ले’ड लिए अनि ज’ब’र्ज’स्ती पत्नीको कपाल मुण्ड्याइदिए,’ उनले जानकारी दिए ।

मोण्डललाई जानाजान गम्भीर पी’डा दिएको आरोप लगाइएको छ । दो’षी साबित भएमा उनलाई अधिकतम १४ वर्षको कारावास सजाय दिइनेछ । उनीमाथि पत्नीको इ’ज्ज’त’माथि प्र’हा’र गरेको आरोप पनि छ । अधिकारकर्मीहरूले बंगलादेशमा महिलाविरुद्धको दमनको घटना बढिरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.