‘मिस नेपाल वर्ल्ड २०२०’ को उपाधि नम्रता श्रेष्ठले जितिन्

काठमाडौँ । मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । कोरोना महामारीका कारण केही समय पछि धकेलिएको मिस नेपालको शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताका अन्तिम ५ प्रतिस्पर्धीहरूलाई पछि पार्दै नम्रताले यो वर्षको मिस नेपालको उपाधि जित्न सफल भएकी हुन् ।

पेशाले किन्डर गार्डेनकी शिक्षिका नम्रता समाजशास्त्रकी विद्यार्थी नहुन् । उनले मिस इन्टलेक्चुअल टाइटल पनि जितिन् । मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *