कल्पना दाहालले भनिन् ‘अब म पनि बिहे गर्छु’ : रमेश प्रसाईको हुनेवाला श्रीमतीसँग फोनमा यस्तो कुरा भयो (भिडियो हेर्नुस्)

काठमाडौ । एबीसी टेलिभिजनमा रमेश प्रसाईसंगै दोहोरी गीत गाएपछि चर्चामा आएकी गायीका कल्पना दाहालले अब आफुले पनि विवाह गर्ने बताएकी छन् । उनले आफुसंग दोहोरी गाएको केही दिनमै रमेशको प्रेमिका छन् भन्ने आफुले थाहा पाएको बताएकी छन् ।

उनले आफ्नो र रमेशबीच प्रेम सम्बन्ध नरहेको पनि खुलस्त पारेकी छन् । उनले आफु पनि रमेशको विवाहमा जाने बताएकी छन् । रमेशसंग संगै दोहोरी गाएपछि उनीहरु चर्चामा आएका थिए । त्यस बाहेक उनीहरुले दिएका अन्तरवार्ताका कारण पनि उनीहरु प्रेममा रहेको भन्ने भ्रम भएको थियो ।

कतिपयले उनीहरु प्रेममा रहेको र विवाह पनि गर्न लागेको भन्दै समाचार बनाएका थिए । कल्पनाले कुनै पनि अन्तरवार्तामा विवाह हुन्छ भनेर ठोकुवा नगरेको दावी गरेकी छन् ।

रमेशको प्रेमिका छन् भन्ने आफुलाई थाहा भएका कारण आफुसंग विवाह हुन्छ भन्ने कहिल्यै नलागेको पनि बताएकी छन् । उनले भनिन्, तीन वर्ष देखि प्रेममा रहनुभएका रमेश दाई मसंग कसरी विवाह गर्नुहुन्छ भन्ने ? हुक्का चिलिम गीत गाएको केही दिन पछि उनी प्रेममा छन् भन्ने आफुले थाहा पाएको बताएकी छन् ।

उनले रमेशले कल्पनाले धोका दियो भन्दै आएका अभिब्यक्तिलाई उनले सम्बोधन गर्दै आफुले धोका नपाएको प्रष्ट पारेकी छन् । जति धेरै गीत गाए पनि आफु चर्चामा आउन नसकेको स्वीकार गर्दै उनले रमेशसंग गीत गाएपछि निकै चर्चा पाएको बताएकी छन् ।

आफुहरुले बनाएको टिकटकमा रमाइलो गर्न मात्र हो भनेकी छन् । उनले रमाइलोका लागि मात्र रमेशसंग टिकटक बनाएको बताएकी छन् । उनले रमेशसंग मात्र होइन अन्य कलाकारसंग पनि बनाएको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *