भुलेर पनि पटक-पटक नछुनुहोस् शरीरका यी ४ अंगहरु, जानिराखौ !

शरीरको कतिपय अंगहरु निकै नै संबेदनशील हुने गर्छ जसलाई उचित स्याहार सम्भार तथा हेरचाह गर्नु आवश्यस्क हुन्छ । जस्तै आँखा , कान , नाक आदि यी अंगहरुलाई पटक पटक छुने गर्नाले शरीरमा विभिन्न संक्रमण हुने खतरा हुन्छ। जुन स्वाथ्यका लागि हानिकारक हुन सक्छ। त्यसैले यस्ता बानी छन भने तुरुन्तै परिवर्तन गरि हाल्नु आवश्यक छ।

१. आँखा

आँखा हाम्रो शरीरको सबैभन्दा संबेदनशील अंग हो। डाक्टरको भनाइ अनुसार आँखालाई पटक पटक छुने या मिच्ने गर्नाले आँखामा इन्फेक्सन हुने सम्भावना भएकाले यस्तो बानी तुरुन्तै हटाउनु आवश्यक रहेको छ।

२. ओठ

ओठलाई पटक पटक हातले छुनाले ओठ रुखो हुनाका साथै विस्तारै ओठको गुलाबी रंग पनि नाश हुने सम्भावना रहन्छ। यसका साथै बैज्ञानिकका अनुसार ओठमा हातले पटक पटक छुने गर्नाले हातमा भएको किटाणु मुखको मार्फत बाट पेटसम्म पुगी विभिन्न संक्रमण हुने खतरा हुन सक्छ।

३. अंडर आर्म्स

अंडर आर्म्सलाई पनि पटक पटक झुक्किएर पनि छुने गर्नु हुदैन। शरीरको यस भागमा अन्य भागमा भन्दा बढी पसिना आउने भएकाले हात लगाउदा पसिनामा हुने विभिन्न ब्याक्टेरियाहरु हातको माध्याम मार्फत शरीरको अन्य अंगमा पुग्न सक्ने र बिभिन संक्रमण हुने सम्भावना रहन्छ।

४. अनुहार

अनुहारको छाला अन्य अंग भन्दा निकै नै संबेदनशील तथा जटिल हुन्छ त्यसैले पटक पटक अनुहारमा हात लगाउनाले विभिन्न संक्रमण देखिन सक्ने भएकाले सफा हातले मात्र अनुहार छुनु आवश्यक छ।

यी र यस्ता नियमित र सामान्य बानीहरुलाई क्रमश सुधार्दै लैजान सकेको खण्डमा स्वास्थ्यमा बिशेष प्रकारको फाइदा पुग्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published.