शान्ति खोज्दै मानिसहरु पुग्ने रुपन्देहीको धार्मिक तथा पर्यटकीय स्थल ग्लोबल पिस पार्क

पृष्ठभूमि : व्रह्मकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र बुटवलले चारपाला सामुदायिक वनको करिब १६ बिघा जग्गामा वृक्षारोपण सहित आध्यात्मिक संरचना बनाएर ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) का रुपमा विकास गरेको छ । ग्लोबल पिस पार्क (विश्व शान्ति उद्यान) अहिले प्रकृतिमा रमाउने र शान्त एवं आध्यात्मिक वातावरण खोज्ने सबैको रोजाइ बनेको छ ।

परिचय

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको १२ ढबाहाको उत्तरी क्षेत्रमा रहेको १० हेक्टर क्षेत्रलाई हाल आकर्षक अनि रमणीय उद्यानका रुपमा विकास गरेको हो । ग्लोबल पिस पार्कलाई प्रकृति र अध्यात्ममा रमाउने नेपालकै नमूना पार्कको रुपमा विकास गर्न २ बिघामा दिल्ली अक्षरधामको जस्तै म्युजिकल फाउन्टेन, १० कठ्ठामा आर्ट ग्यालरी, अडिटोरियम हल, भ्यू टावर, झरना, गार्डेन, पोखरी र थप सेडहरु बनाउने लक्ष्य रहेको छ । यहाँ करिब ५० जना स्वयंसेवी ब्रह्मकुमार र ब्रह्मकुमारीहरु बस्न सातवटा कटेज पनि बनेका छन् । उद्यानको दुबैतर्फ रहेको सतगढी खोलामा केन्द्रले तटबन्ध गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *