नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्।

वीरगंज – नारायणी अस्थायी कोभिड गण्डक अस्पतालबाट बिहीवार दुई महिलासहित आठजना डिस्चार्ज भएका छन्।

अस्पतालका कोअर्डिनेटर डा उदयनारायण सिंहका अनुसार १५ वर्षदेखि ४५ वर्ष उमेर समूहका आठ जना कोरोना जितेर डिस्चार्ज भएका हुन्।

जसमा एकजना ३६ वर्षीया राजदेवी-१ पथराकी महिला छिन् भने पर्साको श्रीसियाकी १५ वर्षीया किशोरी पनि रहेकी छन्।

त्यसैगरी, कालिकामाई गाउँपालिकाका ३०, ४५, ४०, १६ वर्षका पुरुष छन् भने पर्साको गुलरियाका ३३ वर्ष र सखुवाप्रसौनीका २५ वर्षका पुरुष पनि डिस्चार्ज भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *