८ बर्षमै बुबाको मृ’त्यु आमा मृर्गौला फे’ल घरको जिम्मा बोकेको भाईको कहानी पढ़ा आखा रसाउनेछ ।

दाङ — समीर जीसी ८ वर्षका भए । उनी एक कक्षामा पढ्छन् । पढ्नुबाहेक पनि उनको अर्को ठूलो पि,रलो छ– आमा राधाका लागि उपचार खर्च जुटाउने । उनी बिहानै उठ्छन्, बजारसम्म पुग्छन् र केही सामान किनेर ल्याउँछन् ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

घोराहीस्थित जिल्ला अदालतको गेटअगाडि रहेको ढ्याब्ली पसलमा राख्छन् । अनि साहुजी बनेर सामान बेच्छन् । त्यसैबाट जुटेको पैसाले घर खर्च चलाउँछन् । उनका बाबु पृथ्वी जीसी लामो उपचारपछि पनि निको भएनन् । २४ वर्षकै उमेरमा जन्डिसका कारण ०७५ पुस २९ मा नि’धन भयो । गत वर्ष कात्तिकमा आमाका दुवै मिर्गौला फे’ल भए । उनी सातामा तीन पटक डायलसिस गर्न २३ किलोमिटर यात्रा गरेर लमही पुग्छिन् । औषधि र गाडीभाडा गरी सातामा ३ हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

समीरका चार वर्षका भाइ सम्राट पनि छन् । आमा र भाइको ख्याल गर्नुपर्ने दायित्व समीरको काँधमा आएको छ । सानै उमेरमा समीरले सबै काम सिकिसकेका छन् । ‘बजार गएर सामान किन्छु अनि यहाँ लिएर मिलाएर राख्छु अनि ग्राहक आएपछि सामान बेच्छु, हिसाब राख्छु,’ उनले भने, ‘दिनभरि सामान सकिएपछि फेरि अर्को दिन बिहानै बजार गएर सामान किन्छु ।’ चाउचाउ, बिस्कुट, सुर्ती, पानीलगायत सामान बिक्री हुन्छन् । उनी ग्राहकको मागअनुसारका सामान बेच्छन् । दिनमा ५ सय रुपैयाँ जतिको बिक्री हुने गरेको उनले बताए । विद्यालय खुलेका बेला उनले साँझबिहान पसल खोल्थे, दिउँसो आमालाई पसलमा राख्थे । अहिले कोरोनाका कारण विद्यालय नचलेकाले उनले दिनभर पनि पसल हेर्न पाएका छन् । ‘आमाको खुट्टा र जीउ सुन्निए’को छ । बेलाबेला बिरामी भइराख्नुहुन्छ । त्यसकारण काम गर्न गा’ह्रो हुन्छ, उनले भने आमाले नसक्दा पसल ब’न्द नै हुन्छ ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *