अत्यन्तै दुःखद खबर; राति हिटर र कोइला एकैसाथ बालेर सुतेका सुत्केरी र शिशुको मृत्यु

काठमाडौँ, लाग्दो हिउँदसँगै चिसो बढ्यो, तपाईं कतै चिसोबाट जोगिन घरकोठा तातो पार्दै हुनुहुन्छ । हुनुहुन्छ भने होशियारी अपनाउनु होला, विगत वर्षमा आगलागी र बन्दकोठामा निसास्सिएर अकालमै ज्यान गुमाएका दुःखद घटना भएका छन्, त्यस्ता घटना नदोहोेरिउन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

विडम्बना, घरकोठा तातो पार्न हिटर, दाउरा, कोइला र ब्रिकेट बाल्ने तथा ग्यास गिजरको प्रयोगको क्रममा सामान्य लापरबाहीले आगलागीसँगै निसास्सिएर अकालमै ज्यान गुमाएका घटना यस वर्ष पनि दोहोरिन थालेका छन् ।

नेपाल प्रहरीका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीमा बिहीबार बिहान एक परिवारका तीन सदस्यमध्ये महिना दिनकी सुत्केरीसहित दुई जनाको मृ-त्यु भएको छ भने एक पुरुष घाइते अवस्थामा फेला परेका छन् । सुत्केरीलाई चिसोबाट जोगाउन राति हिटर र कोइला एकैसाथ बालेर सुतेका कारण अक्सिजनको अभावमा उनीहरूको निसास्सिएर मृ-त्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सिन्धुपाल्चोक जुुगल गाउँपालिका घर भई हाल सोही स्थानमा किराना पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दोर्जे शेर्पाकी सुत्केरी श्रीमती २७ वर्षीया पेम्बी शेर्पा र एक महिनाकी छोरी मृत अवस्थामा फेला परेको जानकारी दिनुुभयो ।

त्यस्तै अचेत अवस्थामा फेला परेका शेर्पालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उहाँको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । प्रहरीका अनुसार यस्ता पीडादायी घटना चिसो मौसममा बढी नै हुने गरेका छन् ।अोएसनेपाल बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *