आमा भन्छिन् : बच्चा फाल्ने भन्दा भन्दै जन्मियो, मैले अस्पतालबाटै अरुलाई दिन खोजेकी थिए तर सकिन (भिडियो हेर्नुहोस)
चितवन । बिहे गरेर, श्रीमती मानेर अनि गर्भवती पनि बनाएर अलपत्रै परेका धनगढीका अमृत परियारकी श्रीमती मिडिया आएपछि अमृतकी दिदी सम्पर्कमा आएकी छन् । अमृतकी दिदी र प्रतिमा पहिलादेखि नै एकअर्कासंग सम्पर्कमा भएको हुनाले उनलाई सम्पर्क गरिएको प्रतिमा बताउँछिन् ।
उक्त टेलीफोन सम्बादमा अमृतकी दिदीले धेरै कुरा बताएकी छन् । एक युट्यूवरसंग टेलीफोरवार्ता गरेकी अमृतकी दिदीले भाईले आफुलाई र कोही पनि घरका परिवारलाई यो कुराको जानकारी नदिएको खुलाएकी छन् । उनले आफुले पनि प्रतिमालाई फेसबुकबाट सम्पर्क गरेको बताएकी छन् ।
अमृतकी दिदीको भनाई अुनसार प्रतिमालाई आफुले घर आउभन्दा उनी नै आउन नमानेको पनि बताएकी छन् । यता प्रतिमाले भने कसरी जानु एक्लै ? भनेर नगएको बताएकी छन् । साढे चार महिनाको गर्भवावस्थामा नै अमृतले छाडेकी प्रतिमाले भने अहिले छोरीलाई जन्म दिएकी छन् ।
सुत्केरी अवस्थाबाटै आफ्नै श्रीमानलाई मिडियाको माध्यमबाट खोजी रहेकी प्रतिमाले अमृतकी दिदीलाई भेटाएकी छन् । उनै दिदीले पनि आफुले केवल घर देखाईदिने बाँकी अरु कुनै कुरामा सहयोग गर्न नसक्ने जवाफ दिएकी छन् । अमृतकी दिदीको भनाईमा अमृतले पहिला नै बिहे गरेका छन् ।
भाईको बारेमा खासै थाहा नभएको बताउने अमृतकी दिदी नातामा अमृतकी सानीआमाको छोरा पर्दछन् । उनलाई अहिले भाई कहाँ छ ? भन्ने बारेमा केही थाहा नभएको बताएकी छन् । दिदी बहीनीका छोराछोरी भएको हुनाले आफुलाई भाईको बारेमा खासै केही कुराको जानकारी नभएको उनकी दिदीले बताएकी छन् । उनले आफुहरुको भेट कहिले काहीँ मामाघरमा मात्रै हुने पनि बताएकी छन् ।
उता अमृत भने प्रतिमालाई छाडेर गएदेखि सम्पर्कमा आएका छैनन् । प्रतिमाले छोरी जन्माएको पनि आज १३ औं दिन भईसकेको छ । यो समयमा प्रतिमालाई अमृतको निकै नै खाँचो परेको छ । तर अमृतले भने सम्पर्क हुँदाका समयमा प्रतिमालाई आफ्नो बच्चा नभएको भन्दै अन्य कुराले धम्की दिएको प्रतिमाको भनाई छ । भिडियो हेर्नुस :