पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौं- पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना निको हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ जना पुरुष, महाबु आइसोलेसन दैलेखबाट एकजना, सल्कोट आइसोलेसनबाट तीनजना पुरुष, सिम्ता आइसोलेसन सुर्खेतबाट एक जना पुरुष रहेका छन् ।

त्यस्तै, नारायणी अस्पतालको आइसोलेनबाट सात जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा पर्साका एकजना महिला, छ जना पुरुष र रौतहटका एक जना महिला रहेका छन् ।

हालसम्म कुल कोरोना निको हुनेको संख्या १ हजार १८६ पुगेको छ । जसमा महिला ११४ र एक हजार ७२ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *