नेपालमा पहिलोपटक कोटा केटाबिच धुनधाम सग बिवाह (भिडियो हेर्नुहोस )

काठमाडौं, १९ मंसिर । सौरभ तामाङ र सुरज क्षेत्रीले समलिंगी विवाह गरेका छन् । परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन् ।

सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेकी छन् । दुई बर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए । पुरुष पुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन । विवाहित जोडीले आफु जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे ।

समलिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहति जोडीले बताए । सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समितिले ६ बर्ष अगाडि समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन ।

सरकारलाई कानून बनाउन दवाव दिने उद्धेश्यले नै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले बताए । बैवाहित जोडीलाई बधाई दिदै परिचय समाजका अध्यक्ष प्रेम जिसीले समलिंगी विवाहको कानून बनाउन सरकारसँग माग गरे ।

भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *