घनिष्ट लभ गरेर बिहे गरेको श्रीमतीले यति ठुलो घात गरिन्, प्रेम कहानी सुनाउदै श्रीमान विदेशबाट रोए (भिडियोसहित)

काठमाण्डौ । भनिन्छ श्रीमान श्रीमतीको झगडा परालको आगो हो भनेर । तर नवीन र उनकी श्रीमतीको सम्बन्धमा यसो हुन सकेन । नवीन बस्याल जो अहिले साउदी अरबको जुबेल भन्ने ठाउँमा कामको शिलशिलामा छन् । उनी उतै भईरहंदा उनकी श्रीमती भने यता हराएकी छिन् । उनै हराएकी श्रीमतीलाई खोजिदिनकालागी नवीनले मिडियाको साहायता लिएका छन् । नवीनको भनाईमा उनले आफ्नी श्रीमतीलाई धेरै नै माया गर्ने गर्दछन् । कुनै जमानामा बर्दियाको सदुरमकाम गुलरियामा बसेर प्रेस अप्रेटरका रुपमा काम गरेका नवीन अहिले खाडी मुलुक पुगेका छन् ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

नवीन २०७० सालमा बर्दियामा कार्यरत थिए । सोही क्रममा उनले आफ्नी श्रीमतीलाई भेटेका थिए ।

त्यो भेट माघ महिनाको भएको सम्झंदै नवीनले भने,‘हाम्रो विबाह सबैको सल्लाहमा नै भएको थियो ।’ उनले श्रीमतीसंग चिनजान साथीको माध्यमबाट भएतापनि विबाहमा स परिवारकै उपस्थिति भएको बताए । शुरुवाति दिनमै नवीनले महिलाको इज्जत गर्नुपर्छ भन्ने जानेको हुनाले लुकिछिपी प्रेम गर्न चाहेनन् । उनले आफुसंगै अभिभावकको पनि ख्याल राखेर आफुहरुको प्रेम सम्बन्धको बारेमा परिवारलाई खबर गर्नुपर्छ भनेर आफ्नो अहिले हराएकी श्रीमतीलाई सम्झाएको बताउँछन् नवीन ।***यो समाचारको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ****

Leave a Reply

Your email address will not be published. Required fields are marked *