हार्दिक बधाई समाज सेवामा लागेर निकै चर्चा कमाएका दुई समाजसेवी सपना र साेनाली सम्मानित

सामाज सेवामा लागेर निकै चर्चा कमाएका दुई समाजसेवीलाई सम्मान गरिएको छ । बेवारिसे लासहरूको व्यवस्थापन गर्दै आवश्यक परे सद्गद्‌समेत गर्दै आएकी सपना रोका मगर र दीनदुःखीहरूको पीडामा मल्हम लगाउँदै आइरहेकी सोनाली पुन मगरलाई सम्मान गरिएको हो ।

दुवै जनालाई काठमाडौंको पुतलीसडकस्थित राइटपाथ करिअर काउन्सिलिङ नामक संस्थाले सम्मान गरेको हो । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा सपनालाई १० हजार रुपैयाँ सहयोगसहित सम्मानपत्र र साेनालीलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

समाजसेवी सपना बीबीसीको संसारकै शक्तिशाली र प्रेरणादायी १ सय महिलाभित्र पर्न सफल बनेकी छिन् ।

कार्यक्रममा राइटपाथका सीईओ फिलिप डिसीले सानो उमेरमा उहाहरणीय काम गरेर युवामा प्रेरणा प्रदान गरेकाले उनीहरूलाई थप ऊर्जा भर्नका लागि सम्मान गरिएको बताए । उनले भने, ‘नेपालमा धेरै युवामा निराशा छाएको छ । त्यस्तो निराशालाई शक्तिमा परिणत गरेर नयाँ जिन्दगीको सुरुवात गरेका दुई नारीलाई सम्मान गरेर सकारात्मक सन्देश दिन खोजेका हौँ ।’ शिलापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *