मोडेल नीनाले कपाल दान गरेपछि फ्यानहरुले गरे तारिफ

एजेन्सी । भारतीय एक मोडेलले आफ्नो कपाल दान गरेकी छन् । मोडेल नीना सरकारले ‘सुपर डिमान्डको आधारमा’ मा आफ्नो कपाललाई दान गरेकी हुन् । त्यसकालागी उनले टाउकाको सबै कपाल आफैले ट्रिमर मार्फत काटेकी छन् । आफैंले कपाल काट्दै गरेको तीन भिडियोसमेत उनले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
उनले लेखेकी छन्,‘निकै राम्रो कपाललाई बाई गर्न जाँदैछु । तिम्रो कारणले मैले धेरै पैसा कमाएकी छु । तिम्रो सेवाका लागि धन्यवाद । अब म आफ्नो कपाल शेव गर्न जाँदैछु’ उनले कपाल काट्नु पहिले भिडियोमा अगाडि भनेकी छन्– ‘तपाईहरु सोच्दै हुनुहोला म यसलाई बेच्दैछु । तर, होइन म यसलाई दान गर्न शेव गर्दैछु ।

उनले एक भिडियो शेयर गर्दै आफ्नो कपाल दान गर्नुको कारण ‘सुपर डिमान्डको आधारमा’ भएको बताएकी छन् । नीनाका फ्यानहरुले उनको यो भिडियोलाई निकै नै रुचाएका छन् । नीना फिल्म ‘मनी देवो भव’को ‘लेजा रे’ गीतमा मोडलिङ गरेर चर्चामा आएकी मोडल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *