बधाई छ, कतारमा दुई नेपाली श्रमिक सम्मानित, सम्मान स्वरुप पाए जनही पन्ध्र हजार रियाल
कतारमा दुई नेपाली श्रमिक हरू सम्मानित भएका छन्। सम्मानित हुनेमा तपन कुमार राई र मोहन बहादुर थापा रहेका छन्। उनीहरुलाई कतारको आइओएस प्रमाणी नासर अल अली इन्टरप्राइजेस कम्पनीले जनही १५ हजार कतारी रियाल पुरस्कार प्रदान गरेको हो।
सहयोगी हेल्परको रूपमा पहिले काम गरेका र अहिले सबै काममा आफू पोख्त भैसकेका थापा सन् २०१० मा कतार प्रवेश गरेका थिए। त्यस्तै सम्मानित हुने राई पनि सन २०१० मा नै कतार प्रवेश गरेका थिए। पहिले निर्माण अर्थात् कन्सट्रक्सनमा काम गरेका उनी त्यसपछि ट्रेड कामदारमा प्रोमोसन भएका थिए।
सो कम्पनीले दुई नेपालीहरुसंगै दुई श्रीलंकन कामदारहरूलाई पनि सम्मान गरेको छ।