आफ्नै गर्भमा हुर्काएर अमेरिकामा ६१ वर्षीया महिलाले जन्माइन् आफ्नै छोराको वीर्यबाट नातिनी

एजेन्सी । संसारमा विश्वास गर्न नसकिने घटना हुन्छन् । अमेरिकामा ६१ वर्षीया महिलाले आफ्नै गर्भमा हुर्काएर नातिनीलाई जन्म दिएकी छन् । छोराको वि’र्य’वाट उनले नातिनीलाई जन्मदिएकी हुन् । अमेरिकाको नेब्रास्काकी ६१ वर्षीया सिसिल इलेजले आफ्नै कोखबाट शिशु (नातिनी) लाई जन्म दिएर विश्वलाई नयाँ उदाहरण देखाएकी हुन्।

६१ वर्षीया सिसिलले आफ्ना सम लिं’गी छोरा म्याथ्यु इलेजको परिवार बसाउन यति ठूलो निर्णय गरेकी हुन् । उनी नातिनीलाई जन्म दिने पहिलो महिला बनेकी छिन्।

सिसिलका छोरा म्याथ्युले एलिएट डोहोर्टीसँग सम लिं’गी विवाह गरेका थिए । उनीहरुको सन्तान सम्भव नहुने भएकाले आमाले आफ्नो छोरा र उनको श्रीमानको सन्तानलाई आफ्नो गर्भमा हुर्काएर उनले प्राकृतिक रुपमै नातिनीलाई जन्म दिएकी हुन्। सिसिलले गत साता जन्म दिएकी नातिनीको नाम उमा लुइस राखिएको छ।

तीन सन्तानकी आमा र बढ्दो उमेरका कारण सिसिल फेरि गर्भवती बन्न सक्दिनन् कि भन्ने शंका चिकित्सकलाई थियो। तर, परीक्षणको क्रममा उनी सबै दृष्टिकोणबाट सक्षम देखिएकी थिइन्।

‘म स्वास्थ्यको निकै नै ख्याल गर्ने मान्छे हुँ,’ सिसिल भन्छिन्, ‘गर्भवती हुन सक्दिनँ भन्ने कुनै द्विविधा थिएन, जस्तो सोचेको थिएँ, त्यस्तै भयो।’ डोहोर्टीकी दिदी लियाको अन्डा र छोरा म्याथ्युको वी’र्य आफ्नो कोखमा राखेर सिसिलले नातिनीलाई जन्म दिएकी हुन्।

उनले गर्भावस्थाको अवधिमा कुनै असहज महसुस नगरेको बताएकी छन्। ‘गर्भावस्थाको बेला कुनै पनि समय कुनै समस्याको संकेत देखिएन,’ उनले भनिन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *