शुक्रबारको दिन यस्तो रंगको वस्त्र लगाउँदा बढ्छ सहनशीलता र पराक्रम

काठमाडौँ । शुक्रवारको दिन दैन्त्यहरुका गुरु शुक्रले राज गर्ने गर्छन । शुक्रको प्रकृति दयालु, नाजुक तथा मैत्री भावले भरिपुर्ण हुन्छ । यस प्रकारले यो दिन सबै प्रकारका कार्यहरू गर्दा लाभ हुने मान्यता छ ।

त्यसैगरी यसदिन परिवारिक जीवन सुरु गर्न, प्रेम सम्बन्ध आरम्भ गर्न र कुनैपनि चिजको खरीद बिक्री सुरू गर्न ज्यादै शुभ मानिन्छ । शुक्रवार नयाँ वाहन खरिद गर्न, गम्भीर बिरामीहरूको उपचार गर्न, गर गहाना तथा कुनै प्रकार पत्थर खरिद गर्न र नयाँ घर खरीदको लागि पनि शुभ हुने मान्यता छ ।

यसबाहेक, शुक्रवार हल्का नीलो वा सेतो कपडा लगाउँदा अत्यन्तै शुभ मानिन्छ। यसदिन भाग्य उदयका लागी घरबाट निस्कने अघि दही खाने गर्छन र साथै खानामा दुधका परिकार जस्तै पनिर, बटर, चीज आदि खाएमा राम्रो नतीजा आउने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *