आफ्नो जन्मभुमी पटनामा सुशान्तको अस्ती बिसर्जन गरिदै !

काठमाडौँ– पछिल्लो पुस्ताका लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपूतले देहत्याग गरेको ५ दिन पछि अन्तिम संस्कार अर्थात अस्ती बिसर्जन गर्न उनीहरु भारतको बिहार स्थित पटना पुगेका छन् । ।

आइतबार उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा देहत्याग गरेका सुशान्तको आफ्नै गाउँ बिहारमा अन्तिम बिसर्जन गर्न पुगेका हुन् । सुशान्तकी दिदी स्वेता सिंहले फेसबुक मार्फत उक्त्त कुराको जानकारी दिएकी हुन् । उनले सामाजिक संजाल मार्फत यो जानकारी दिदै भनेकी छन्, “अमेरिकाबाट म सकुशल पटना आइपुगेको छु । आज हामी हाम्रो प्यारो भाइको अस्ती बिसर्जन गर्दैछौं । तपाइहरु सबैले उस्लाई माया गर्दै प्राथना गर्नुहोला । हामी पनि यहाँबाट प्राथना गर्छौं सबैजना मजबुत भएर उस्लाई बिदा गरौं ।” उनले लेखेकी छिन् ।

Reached my Patna’s home safely yesterday. Thanks to everyone who was praying and who helped in the process. It was hassle free? Today we will be doing Asthi Visarjan (Ashes Immersion) for Bhai. I again want to ask all to pray for him and send him off with all the fond memories and unconditional love in your hearts. Let’s celebrate his life and give him a very loving and happy farewell. #Sushantsinghrajput

अभिनेता सुशान्त सिंह राजपूतको पोष्टमार्टम रिपोर्टले भनेको छ कि उनले देहत्याग गरेका थिए। भारतीय सञ्चारमाध्यमहरुले सुशान्त पेशेवर प्रतिद्वन्द्धिताका कारण क्लीनिकल डि प्रेशनकाे शिकार भएका उल्लेख गरेका छन् । मुम्बई प्रहरीले उनको निधनबारे यो कोणबाट पनि अनुसन्धान गर्ने भएको छ। महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सोमबार राति एक भिडियो ट्वीट गरेर यसको जानकारी दिएका छन्।

उनले भिडियोमा भनेका छन्, ‘मिडियामा यस्तो रिपोर्ट आइरहेको छ कि सुशान्तले फिल्म इण्डस्ट्रीमा बिजनेस राइवलरीका कारण देहत्याग गरे । प्रहरी यो कोणबाट पनि घटनाको अनुसन्धान गर्ने छ। प्रहरीको दाबी छ कि सुशांत क्लीनिकल ड्रि पेशनबाट जुझिरहेका थिए र यसबाट बाहिर निस्कन उनी डाक्टरसँग नियमित सम्पर्कमा थिए। बिहारको पटनामा जन्मेका सुशांत टिभि सिरियल ‘पवित्र रिश्ता’ बाट चर्चाको शिखरमा उक्लेका थिए । त्यसपछि उनले बलिउडमा स्थान बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *