शरीरमा ३ स्टेजमा फैलिन्छ कोरोनाभाइरस, हरेक स्टेजको लक्षण र उपचार फरक–फरक

रोम। इटलीका शोधकर्ताहरुले कोभिड–१९ तीन स्टेजमा मानव शरीरमा फैलिने बताएका छन् । उनीहरुले स्वास्थ्यकर्मीहरुलाई बिरामीमा संक्रमणको स्टेजमा देखिएका लक्षणहरुको आधारमा उपचार गर्न आग्रह गरेका छन् । अनुसन्धान गर्ने इटलीको फ्लोरेन्स विश्वविद्यालयका शोधकताृहरुका अनुसार रिपोर्ट पोजेटिभ देखिएपछि बिरामीमा संक्रमण तीन स्टेजमा देखिन्छ र सबै स्टेजमा लक्षण परिवर्तन हुँदै जान्छन् ।

जर्नल फिजियोलोजिकल रिभ्यूमा छापिएको शोधका अनुसार कोभिड १९ ले हरेक फेजमा कोरोना र शरीरका भित्री क्रियाहरुको सम्बन्ध बदल्छ । हरेक पटक कोभिड १९ ड्रपलेट्स (खोक्दा वा हाच्छ्युँ गर्दा उछिट्टिने थुकका छिटा) बाट मात्र फैलिन्छ भन्ने जरुरी छैन । संक्रमित व्यक्तिले अन्य असावधान व्यक्तिसँग कुरा मात्रै गर्दा पनि संक्रमण फैलिन सक्छ । पहिलो स्टेजमा भाइरले आफूलाई मानव शरीरमा प्रतिरोधी कोषहरुसँग लड्नको लागि तयार गर्छ । यो अवस्थामा लक्षण सामान्य रुघाखोकीका जस्तै हुन्छन् ।

पहिलो स्टेज सबैभन्दा सुरुवाती चरण हो । यो अवस्थामा कोरोनाभाइरसले शरीरमा आफ्नो संख्या बढाउन सुरु गर्छ । यस क्रममा हल्का लक्षण देखिन्छन् । यी लक्षणहरुले प्रायः बिरामी फ्लूको रोगी हो वा कोभिड १९ को भन्ने कुरामै भ्रम उत्पन्न गराउँछन् ।

दोस्रो स्टेजलाई पल्मोनरी फेज पनि भनिन्छ । जब प्रतिरोधी क्षमतामा संक्रमणको असर देखिन्छ त्यसपछि साससँग सम्बन्धित समस्या उत्पन्न हुन्छ । लगातार सुख्खा खोकी, सास फेर्न कठिनाइ, अक्सिजनको स्तर कम हुन सुरु हुन्छ । केही केसहरुमा रगतका डल्ला पनि बन्न सुरु हुन्छन् ।

तेस्रो स्टेजलाई हायरइन्फ्लामेट्री फेज भनिन्छ । यो स्टेजमा शरीरमा भएको रोग प्रतिरोधी प्रणालीले नै मुटु, मृगौला र अन्य अंगहरुलाई क्षति पुर्याउन थाल्छ । यसलाई साइटोकाइन स्टर्म भनिन्छ । यतो स्थितिमा शरीरले आफ्नै कोशिकाहरुलाई नोक्सान पुर्याउन थाल्छ ।

शोधकताृहरुका अनुसार कोभिड १९ का तीन स्टेजमा केही परिवर्तन पनि देखिन सक्छ । कोरोनाका बिरामीहरुलाई राम्रो उपचार दिनको लागि विभिन्न औषधीको परीक्षण पनि भइरहेको छ । यस्ता प्रयोगहरु स्टेजअनुसार गर्नुपर्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानकर्ताहरुले बिरामीलाई पर्सनलाइज्ड ट्रिटमेन्ट अर्थात हरेक बिरामीलाई उसको स्थितिको आधारमा उपचार दिनु राम्रो हुने बताएका छन् ।

अनुसन्धानकर्ताहरुका अनुसार स्टेज १ र २ मा रेमडेसिभिर जस्तै एन्टिभाइरल औषधिले कोरोनालाई रेप्किेट हुन अर्थात यसकोसंख्या बढ्नबाट रोक्न सक्छ । स्टेज २ मा टिश्यु प्लाज्मिनोजेन एक्टिभेटर औषधिको प्रयोग गर्न सकिन्छ । यो स्ट्रोकका बिरामीहरुलाई दिइन्छ जसले रगतका डल्ला फुटाउन सहयोग गर्छ । स्टेज २ र ३ मा सुन्निन घटाउने औषधिहरु जस्तै कर्टिकोस्टिरोयड्स, टोसिलिजुमाब र सेरिलुमाब दिन सकिन्छ ।

शोधकर्ताहरुका अनुसार कोरोना बिरामीको कुनै पनि स्टेजमा उपचारको क्रममा रगतका डल्ला बन्नबाट रोक्ने औषधी हिपेरिन हुनु निकै जरुरी छ ताकि यी क्लट्सहरुले धमनीहरुमा रक्तसंचारलाई बाधा पार्न नसकुन् । शोधकर्ताहरुले हामी महामारीको नयाँ युगमा जाँदै गरेकोले जुन औषधी जुन स्टेजमा प्रभावकारी छ त्यसलाई चिन्नु जरुरी रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *