मामाको निधनको खबरपछि सुशान्तका ५ वर्षका भान्जाले जे भने…, बाँकी कसैको बोली फुटेन

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुत रहेनन् । जब यो खबर अमेरिकामा बस्ने उनका ५ वर्षका भान्जा निर्वाणले सुने, उनले मन छुने प्रतिक्रिया दिए । उसको यो प्रतिक्रिया निकै भावुक बनाउने खालको छ । सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा साझा गरेकी छिन् ।

सोमबार राती श्वेताले फेसबुकमा लेखिन् ‘जब मैले निर्वाणलाई यो खबर दिएँ कि मामू रहनुभएन त्यसपछि उने भने ‘तर उहाँ तपाइँको मनमा जीवित हुनुहुन्छ । त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुवर्छ । सबै बलियो रहनुस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हामे मनमा रहन्छन् र सधैं रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आत्मालाई दुख होस् । बलियो रहनस् ।’

३४ वर्षका सुशान्तको निधन आइतबार मुम्बइमा भयो । उनले आफ्नो घरको पंखामा झुण्डिएर आत्महत्या गरेका थिए । उनी लामो समयदेखि डिप्रेसनसँग जुधिरहेका थिए । सुशान्त ४ दिदीबहिनीका एकमात्र दाजु वा भाइ थिए । सोमबार मुम्बइको पार्ले श्मशानमा उनको अन्तिम संस्कार भयो । अन्तिम संस्कारमा उनका पिता र दुई दिदीबहिनी थिए । श्वेता भने अन्तिम दर्शनको लागि मुम्बइ पुग्न पाइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *