चीनको कोभिड–१९ ले रुप बदलेर १० गुणा खतरनाक बन्यो, यी देशमा भेटियो नयाँ स्ट्रेन

काठमाडौं। चीनको वुहान शहरबाट फैलिएको कोरोनाभाइरसको कोभिड १९ ट्रेनले आफ्नो रुप बदल्दै म्युटेशन भएर नयाँ र निकै खतरनाक स्ट्रेन बनेको पत्ता लागेको छ । वैज्ञानिकहरुले यो नयाँ स्ट्रेन सुरुवातमा चीनमा फैलिएको कोभिड १९ भन्दा १० गुणा धेरै खतरनाक भएको बताएका छन् । अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गरेको अध्ययनमा यो नयाँ खुलासा गरिएको छ । कोरोनाभाइरसबाट विश्वभर ७७ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् ।

डेलीमेलको रिपोर्ट अनुसार स्क्रिप्स रिसर्च इन्स्टिच्युटको अध्ययनमा अमेरिका, बेलायत र इटलीमा कोरोनाभाइरसको नयाँ स्ट्रेन देखिएको छ जो कोभिड १९ को मूल रुपभन्दा १० गुण धेरै संक्रामक छ । वैज्ञानिकहरुका अनुसार भाइरसको यो नयाँ म्युटेशनले अत्यन्तै तीब्र गतिमा शरीरका रिसेप्टरमा आक्रमण गर्छ । कोरोनाभाइरस (सार्स सीओभी २) को यो नयाँ संस्करणलाई डी६१४जी नाम दिइएको छ ।

भाइरसको यो म्युटेशनमा अन्य स्ट्रेनको तुलनामा ४ देखि ५ गुणा धेरै स्पाइक प्रोटिन पाइएको छ । अध्ययनका अनुसार भाइरसको यो नयाँ स्ट्रेन अधिक संक्रामक मात्र नभइ अधिक स्थिर पनि भएको पाइएको छ । यसअघि भएका अध्ययनहरुमा पनि यो स्ट्रेन इटली, बेलायत र न्यूयोर्क शहरमा ठूलो मात्रामा भएको पाइएको थियो । यी क्षेत्रमा धेरैको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *