पर्वतमा भिषण वर्षा, पहिरोले दुई घर बगायो, दुई जनाको शव फेला

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा शनिबार राति परेको भिषण वर्षाको कारणपहिरो भएको छ । वर्षापछिको पहिरोले २ घर बगाएको छ भने दुईजनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतका सूचना अधिकारी धनश्याम गौतमले डिसी नेपालसँगको कुराकानीमा भने,‘उक्त ठाउँमा अहिले एक महिला र एक पुरुष गरी दुई जनाको शव फेला परेको छ। अन्य कतिजना वेपत्ता छन् भन्ने एकिन् भइसकेको छैन।’

उनले स्थानीयका साथै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार जारी राखेको र के कति संख्यामा बेपत्ता भए भन्ने जानकारी आइनसकेको बताए ।अहिलेपनि घटनास्थलमा वर्षा चलिरहेकाले विभिन्न कठिनाइ भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *