सुत्नु अघि बिसाल नग देवता को दर्शन सँगै भोलि जेठ ३२ गते आईतबारको राशिफल हेर्नुहोस्को भाग्य रेखा राशिफल पढ्नुहोस, र भेटी स्वरूप ओम् लेखि १ शेयर गर्नुहोस, मनले सोचेको पुग्नेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्ना’ले उत्साह जाग्नेछ। श्रम’को उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकि’नेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्य’कता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोख’ले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)- पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिने’तले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइ”दा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ।साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापा’रमा फाइदा हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)- समय केही संघर्षमय रहने देखिन्छ। तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफ’योग्य कामले दाम, इनाम र प्रतिष्ठा क’माउने बेला छ। साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहि’नेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरू’को भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझदे’खि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि समुदाय’को हितमा राम्रै काम गर्न सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथि’का रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्य’का लागि आहार’विहारमा ध्यान पुर्याउनुहोला। आफ्नो मिहिनेतको प्रतिफल भने हातलागी हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)- प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उप’योगले परिस्थिति अनुकूल बनाउन सकि’नेछ। साँझदेखि व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहा’रले उत्साह जगाउनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)- कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययन’मा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। साँझदेखि भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशील’ताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयो’गी बन्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन स’क्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको ‘मेसो नमिल्दा केही अलम’ल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)- विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले’ उत्साह जगाउने देखिन्छ। साँझदेखि केही घराय’सी समस्याले पि’रोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)- अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी’ हुने समय रहेकाले सजग रहनुहोला। साँझदेखि स्थिति’मा सुधार आउनेछ भने दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोग’ले फाइदा उठाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)- सोख र हडबडीले केही समस्या निम्त्याए पनि ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। पारिवारिक जमघटका बीच स्वा”दिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। साँझदेखि परिस्थि’ति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारा’त्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फा’इदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय आएको छ। तर अरूको भरपर्दा काम बिग्रन सक्छ। आगन्तुकले पनि अलमल्या’उन सक्छन्।

तपाईंको दिन सुभ रहोस् ।।

 Posted in समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *