नयाँ नक्सा अनुमोदनको खुसीमा काठमाण्डौ र स्याङ्जामा राष्ट्रिय झण्डासहित दीप प्रज्ज्वलन (तस्विरसहित)

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा काठमाण्डौको शहीद गेटमा दीपावली गरिएको छ । राष्ट्रिय झण्डासहित जम्मा भएका उनीहरुले नयाँ नक्सा बनाएर दीप प्रज्ज्वलन गरेका हुन् । संसदले शनिबार मात्र संविधान संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पास गरेको थियो ।

त्यस्तै कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दीपावली गरिएको छ ।

जिल्ला सदरमुकामस्थित शहीद चोकमा दीपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष सूर्यप्रसाद गैह्रेले जानकारी दिनुभयो । यसैगरी िवालिङ उद्योग वाणिज्य सङ्घले पनि दीपावली गरेको छ । जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशीयालीमा जिल्लामा दीपावली गरेका हुन् । काठमाण्डौको शहिद गेटमा देखिएका केहि तस्विर तल हेर्नुहोस

तस्विर ताजा खबरका लागि – सन्दिप बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *