पूर्वप्रेमी रणवीर कपुरसँग ७ वर्षअघि खिचेको तस्विर दीपिकाले शेयर गरेपछि भाइरल, दीपिकाका पति रणवीरले पनि जनाए यस्तो प्रतिकृया

एजेन्सी । भारतीय लोकप्रिय नायिका दीपिका पादुकोण सामाजिक सञ्जालमा निकै सकृय छन् । उनले केही वर्ष अघि अभिनेता रणविर सिंहसंग विवाह गरेकी छन् । रणविरसंग विवाह हुनुअघि उनको अर्का रणविर कपुरसंग प्रेम सम्बन्ध थियो ।

त्यो कुरा दुवै जनाले स्वीकार गरेका थिए । लामो समय देखिको प्रेम सम्बन्ध छुटेपछि विछिप्त जस्तै बनेकी दीपिकालाई अर्का रणविरले साथ दिएका हुन् । प्रेमी रणविरसंग पनि दीपिकाका थुप्रै चलचित्र छन् ।

गहिरो प्रेममा रहेका उनीहरुको सम्बन्ध छुटेपछि एक्लिएकी दीपिका अहिले रणविर सिंहसंग विवाह गरेपछि निकै खुसी छन् । अहिले यो जोडीलाई वलिउडमा निकै रोमाण्टिक जोडीका रुपमा ब्याख्या गरिन्छ । सार्वजनिक कार्यक्रममा संधैं संगै देखिने यिनीहरुको प्रेम अहिले भारतीय मिडियामा समाचार बन्ने गर्छन ।

विवाह भएको करिब तीन वर्ष पछि नायिका दीपिकाले आफ्ना पूर्व प्रेमीसंगको तस्बिर सार्वजनिक गरेकी छन् । उनले पूर्व प्रेमीसंगको तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । उनले पूर्व प्रेमीसंगको ७ वर्ष अघिको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी हुन् ।

तस्बिर शेयर भएपछि एकै छिनमा भाइरल भएको छ । त्यो तस्बिरमा उनका श्रीमानले पनि टिप्पणी गरेका छन् । सामाजिक संजालमा औधी सक्रिय दीपिकाले फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको रणवीरसँगको तस्विर सेयर गरेकी हुन् ।

उनले सो तस्बिर सार्वजनिक गरेसंगै भाइरल भएको छ । फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा उक्त तस्विर सेयर गर्दै दीपिकाले , ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ‘ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन, नैना तलवार’ भनेर लेखेकी छिन् । दीपिकाले सेयर गरेको तस्विरमा उनका पति रणवीर सिंहले ‘क्युट’ भनेर कमेन्ट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *