माइतीघर मा शनिवार भयो कहिल्यै नभएको घटना, प्रदर्शनकारीलाई उल्टै प्रहरीले गरे स्यालुट

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा कहिल्यै नभएको दृष्य शनिवार देखिएको छ । सँधै प्रदर्शनकारीलाई हस्तक्षेप गर्ने प्रहरी नै प्रदर्शनकारीलाई स्यालुट गरेको दृष्य निकै रोचक थियो । नियमित विरोधको कार्यक्रम अनुसार शनिवार विहान १० देखि ११ वजेसम्म आन्दोलनको कार्यक्रम थियो ।

काठमाडौंको वालुवाटार, बशन्तपुर लगायतका क्षेत्रमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो । माइतीघर मण्डलामा शविार हुने भनिएको विरोध कार्यक्रममा पनि ब्यवस्थापनका लागि भन्दै प्रहरी पुगेको थियो । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी हुने अनुमान सबैले गरेका थिए ।

तर प्रदर्शनकारी भने शनिवारको प्रदर्शनमा हातमा फूल लिएर सडकमा निस्किए । केही दिन यता उनीहरुको प्रदर्शन अराजक बन्दै गएको आरोप लागिरहेको बेलामा शनिवार भने उनीहरु लाइनमा बसेर विरोध गरे। प्रदर्शनकारी संयम देखिएपछि प्रहरीले पनि खासै लाठी चलाउनु परेन। तर पनि सम्भावित झ’डपलाई लिएर प्रहरी भने चनाखो थियो । यसैबीचमा अचानक अनौठो दृष्यि देखियो ।

एक जना युवकले हातमा माइक लिए अनि राष्ट्रगान गाउन लागे । उनीसंंगै अन्य सहभागीले पनि स्वरमा स्वर मिलाए । प्रदर्शनकारीलाई ब्यवस्थापन गर्न पुगेको प्रहरी टोलीले देखाए अनौठो दृष्य । जव प्रदर्शनकारीले एउटै स्वरमा सयौं थुंगा फुलमा हामी एउटै माला नेपाली गाउन थाले प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी पनि रोकिए, एउटै पङ्क्तिमा रहेर सेल्युट गरे।

प्रदर्शनकारीले राष्ट्रीय गीत गाउने अनि प्रहरीले लाइनै उभिएर स्यालुट गर्ने यो विरलै देखिने दृष्यले वरपरका सबैलाई अचम्म बनायो । आन्दोलनलाई नियन्त्रण गर्न पुगेका एसपी सुमेन्द्र सिंह राठौरले प्रदर्शनकारीलाई स्यालुट गर्दै उभीएपछि अन्य प्रहरीले पनि उनकै लय पछ्याए । राठोरले राष्ट्रिय गान बज्न थालेपछि सेल्युट गरे। त्यसपछि बाँकी प्रहरीले पनि साथ दिए। उनीहरुले सँगै राष्ट्रिय गान पनि गाए। आन्दोलन सकियो। प्रहरी पनि आफ्नो बाटो लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *