कालापानीमा नेपाली झण्डा गा’ड्ने नेता गौतमले आजकै दिन सार्वजनिक गरे यस्तो राष्ट्रवादी गीत, ‘हामी जुटे नेपाल उठ्छ’ (भिडियो हेर्नुस्)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रवादी गीत सार्वजनिक भएको छ । हामी जुटे नेपाल उठ्छ, धर्ती आकाश खुसीले हाँस्छ, हामी फुटे यो धर्ती रुन्छ, हिमाल तराई अन्धकार भैदिन्छ बोलको राष्ट्र भावनाले भरिएको गीत सार्वजनिक भएको हो । गौतमले १५ वर्ष अघि लेखेको गीतलाई अहिले भिडियो निर्माण गरी सार्वजनिक गरिएको हो ।

जसमा राष्ट्रिय भावना, जातिय समानताको विषयलाई प्राथमिकताका रुपमा उठाइएको छ । गीत शक्ति वल्लभको संगीतमा, शिशिर योगी र जगदिश समाल को स्वरमा रेकर्ड गरिएको थियो । त्यहि गीतलाई प्रसिद्ध संगीतकार शम्भुजीत बासकोटा र डा।घनश्याम खतिवडाको सहयोगमा दृश्यचित्रसहित हरिशदेव गौतमले निर्माण गरी सार्वजनिक भएको हो । पछिल्लो समय नेकपाका नेताहरुले राष्ट्रिय गीत सार्वजनिक गर्ने क्रम बढेको छ । यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको रचनामा पनि राष्ट्रवादी गीत सार्वजनिक भएको थियो ।

अहिले नेपाली सिमाना र भारतले अ’तिक्रम’ण गरेको नेपाली भूमी समेत समेटेर नयाँ नक्सा सार्वजनिक भएको छ । पहिलो पटक लिम्पियाधुरा र कालापानीमा मार्चपास गर्दै नेपाली झण्डा गा’डेका नेता बामदेवले गीतमा पनि नेपाली भूभागको चर्चा पनि गरेका छन् ।

खरो स्वभावका नेता गौतम राष्ट्रवादी नेताका रुपमा चिनिन्छन् । उनले राखेको राष्ट्रवादी अडानकै कारण पार्टीवाट समेत अलग हुनुपरेको थियो । अहिले उनले उठाएको सोही मुद्धामा सरकारले ऐतिहासिक निर्णय गरेको छ । कालापानी, लिपुलेक लगायतका ठाउँमा भारतले सिमा अ’तिक्रम’ण गरेको भन्दै तत्कालिन भारतीय प्रधानमन्त्रीकै अगाडी अडान राखेका वामदेवले सिमा सम्बन्धी विवाद चुलिएकै बेलामा यो गीत सार्वजनिक गरेका हुन् ।

नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने दिन नै नेता गौतमको राष्ट्रवादी गीत सार्वजनिक भएको छ । सरकारले सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक शनिवार पारित हुने क्रममा छ । संसदले विधेयक पारित गरेसँगै संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *