घण्टाघर नजिकै बेवारिसे अवस्थामा मृत फेला परे कोरोना संक्रमित

पर्सा, ३१ जेठ । पर्साको वीरगन्जमा वेवारिसे अवस्थामा मृत फेला परेका एक पुरुषमा कोरोना पुष्टि भएको छ । वेवारिसे अवस्थामा फेला परेको पुरुषको शवको कोरोना परिक्षण गरिएको थियो । वीरगञ्जको घण्टाघर नजिकै बेवारिसे पुरुषको शव र अन्य ५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको थियो । नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा ति पुरुष र अन्य ५ जनामा कोरोना पुष्टि भएको हो । जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २ र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति कोरोना पुष्टि भएको हो । कन्टी इन होटलको क्वारेन्टिनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा शुक्रबार राति कोरोना पुष्टि भएको हो ।

शुक्रबार राति कोरोना पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् । गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक , १५ वर्षिय बालक र ३० वर्षिया महिलामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

पिसिआर र आरडिटी किट पर्याप्त नभएको गुनासो
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले गुल्मीका स्थानीय तहका क्वारेन्टिनको अनुगमन गरी आवश्यक परामर्श दिए । जिल्लाका सत्यवती, कालीगण्डकी र चन्द्रकोट गाउँपालिकाका क्वारेन्टिन र आइसोलेशन कक्षको शुक्रबार अनुगमन गरी उनले स्थानीय स्रोतसाधन परिचालन गरी बनाइएका क्वारेन्टाइन कक्षमा सामाजिक दूरी, शौचालय तथा क्वारेन्टिनमा बस्ने नागरिकका समस्याका बारेमा चनाखो बन्न सुझाव दिए ।

मन्त्री बरालसँग स्थानीय तहले पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण फैलिने डर बढी भएको, प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री आउन नसकेको, पिसिआर तथा आरडिटी किट पर्याप्त हुन नसकेको जस्ता गुनासा राखेका थिए ।

छलफलका क्रममा उहाँले जिल्लामा कोरोना रोकथामका लागि कुनै पनि हालतमा आर्थिक समस्या हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बराललाई गुल्मीमा क्वारेन्टिनको अवस्था, व्यवस्थापन एवं कोरोना रोकथाम तथा नि’यन्त्र’णका लागि आइपरेका समस्याबारे प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *