भारतीय टिभी आजतकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अन्तरवार्ता दिँदै पत्रकारलाई यसरी थर्काए, ‘चश्मा उतारेर हेर्नुस्, लिम्पियाधुरा नेपालको भूमी हो (भिडियो हेर्नुस्)

काठमाडौं, ३० जेठ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय मिडियामा दिएको अन्तरवार्ताका क्रममा नेपालले नेपाल-भारत सिमानाका सम्बन्धमा राखेको दावी सहि भएको बताएका छन् । उनले नेपालले जारी गरेको नक्सामा समेटिएको लिम्पियाधुराको भूभाग नेपालकै भएको बताएका छन् । भारतीय मिडिया आजतकलाई दिएको अन्तरवार्ताको क्रममा सोकुरा प्रष्ट पारेका छन् ।

संविधानमा आफ्नो मुलुकको सिमा, भौगोलिकताको बारेमा प्रष्ट हुनुपर्छ त्यसैले सो कुरालाई संविधानमा समेट्न संसोधनको प्रस्ताव राखिएको स्पष्ट पारेका छन् । संविधान संसोधन गरेर लिम्पियाधुरा सहितको नक्सा पास भइसकेपछि पनि भारतसंगको बार्तामा कुनै असर नगर्ने उनले बताएका छन् । सिमानाको विषय र नक्सा जारी गर्ने कुरालाई नेपालले यति छिटै किन निर्णय लियो, के यसमा चिनको हात छ ? भनेर सोधेको भारतीय पत्रकारको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कति पय भारतीय मित्रहरुले जहिले पनि नेपालमा भएको कुनै परिवर्तनलाई लिएर नेपालले लिएको नयाँ निर्णयलाई लिएर विदेशीहरुको हात रहेको देख्छन् र त्यस्तै आरोप लगाउँछन् । त्यस्तो चश्मा बदल्नुस् ।’

उनले नेपाल मात्र दक्षिण एशियाको एउटा त्यस्तो मुलुक हो जुन देश कहिल्यै कसैको उपनिवेश रहेन । त्यसका कारण नेपाल आफ्नो तर्फवाट आफै निर्णय गर्न सक्दैन । केही बोल्न सक्दैन भन्ने भारतको रवैया परिवर्तन गर्न आग्रह गरे । उनले भने, ‘यसमा कसैको हात छैन, कसेको हात छ भने नेपालका ३ करोड जनताको हात छ । नेपालले जे निर्णय गरेको छ त्यो ठिक छ । तपाईले हेर्नुस् सत्ता र विपक्षी सबैले स्वीकार गरेको कुरा हो ।’

पत्रकारले उनले युपीका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका लागि दिएको अभिब्यक्तिका कारण नेपालले चित्त दुखाएको र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसमा प्रतिकृया आइसकेको भन्दै गरिएको प्रश्नमा उनले योगी आदित्यले दिएको अभिब्यक्तिमा आफुले कुनै प्रतिकृया नदिने र त्यसको विषयमा भारतले आफै समिक्षा गर्नुपर्ने बताए । उनले सिमा समस्या जतिछिटो समाधान भयो नेपाल भारतबीचको सम्बन्ध सुधार हुने बताएका छन् ।

उनले यस अघि भएको नेपाल भारत सन्धीमा नेपाललाई अन्याय भएको भन्दै नयाँ सन्धी गर्न र तत्काल नेपाल भारतबीच वार्ता गर्नुपर्ने बताएका छन् । उनले तथ्यमा आधार भएर वार्ता गर्नुपर्ने बताएका छन् । उनले नेपालले जारी गरेको नक्सा स्थायी भएको र नेपाल भारत वार्ताका लागि कुनै समस्या नपार्ने बताएका छन् । भारतले पनि नेपाली भूमी समेटेर नक्सा जारी गरेको भएपनि नेपाल वार्ताको लागि तयार रहेकाले भारत पनि तयार हुनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *