कोरोनावाट थप एक जनाको मृ’त्यु, ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाडौं, ३० जेठ । कोरोनाका कारण नेपालमा थप एक जनाको निधन भएको छ । अर्घाखाँचीको मालारानी ४ का एक पुरुषको कोरानोका कारण निधन भएको पुष्टि भएको हो । मालारानीका ७५ वर्षका पुरुषको निधन भएको स्वासथ्य मन्त्रालयले जनाएको छ । निधन भएकाको नाम यस अघि नै सञ्चार माध्यममा सार्वजनिक भइसकेको छ ।

भारतवाट आएका उनी क्वारन्टिनमा थिए । सार्वजनिक आधारभूत विद्यालयमा क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनाललाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको र उनको निधन भएको हो । स्वास प्रस्वासमा समस्या भएका उनको बुधवार निधन भएको हो । कोरोना परिक्षणका लागि पठाइएको स्वाव हराएका कारण रिपोर्ट आउन ढिलाई हुँदा आफन्त शव कुरेर बसेका थिए । बुधवार विहानै स्वाव पठाइएको स्वाव प्रयोगशालावाटै गायब भएको थियो । उनीसंगै १० जनाको स्वाव संकलन गरेर पठाइएकोमा अन्य ९ जनाको फेला परेको र उनको फेला नपरेपछि ल्यावमा हल्लाखल्ला भएको थियो ।

प्रादेशिक जनस्वास्थ्य प्रय‍ोगशाला भैरहवावाट प्राप्त उनको स्वाव रिपोर्टमा कोरोना पुष्टि भएको हो । भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारकोलागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेसिक अस्पताल बुटबल रिफर गरिएको थियो।

लुम्विनी प्रादेसिक अस्पतालमा सामान्य उपचार पछि ज्वरो बसेको घरमा गएर आराम गराउन भनेर अस्पतालले भनेपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा निधन भएको थियो । रिपोर्ट सार्वजनिक भएपछि उनको अन्त्यष्टिको तयारी गरिएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डां जागेश्वर गोतमले सो कुरा पुष्टि गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *