लामो समयपछि हिमानीको मायाले पारसलाइ तानेपछि…

काठमाडौं । पूर्वयुवराज पारस शाह यतिवेला पोखरामा समय विताइरहेका छन् । नेपालमै रहेर पनि परिवारवाट टाढा रहेका उनी विभिन्न काण्डका कारण चर्चामा आइरहन्छन् । खासगरी युवतीहरुसंगको निकटताका कारण उनी चर्चामा आइरहन्छन् । केही समय अघि सम्म युट्युवर सोनिका रोकायसंगको सामिप्यताका कारण चर्चामा रहेका उनी अहिले पोखरामा छन् । अहिले उनको अघि पछि अर्की एक युवतीको तस्बिर देख्न सकिन्छ । सोनिका भने आफ्नो घर बझागं पुगेकी छन् ।

परिवारवाट टाढा रहेका उनी परिवारका सदस्यलाई कति मिस गर्छन भन्ने कुरा उनले सामाजिक सञ्जालमा ब्यक्त गरेको भावनाले देखाउँछ । छोरीहरुसंग थाइल्याण्डमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहको पछिल्लो समय एक पछि अर्को टिकटक भिडियो सार्वजनिक भइरहेको छ । उनको भिडियो धेरैले शेयर गरेका छन् । अरुले जस्तै पूर्वयुवराज पारसले पनि हिमानीको भिडियो शेयर गर्दै फेमिली लेखेका छन् । पारसले आफ्नो सामाजिक सञ्जालमा छोरीसँग टिकटकमा रमाउँदै बनाएको भिडियोलाई फेमिली भनेर शेयर गरेका हुन् ।

उनले शेयर गरेको सो भिडियोमा पनि निकै धेरै कमेन्ट आएका छन् । धेरैले उनीहरुको जोडीलाई संगै देख्न चाहेको बताएका छन् । यति राम्रो परिवार भएर पनि एक्लै भौतारिदै हिडेका पारसलाई सम्बन्ध राम्रो बनाएर संगै बस्न सुझाव दिएका छन् । कतिले पारसलाई माफ गरिदिनु भनेर हिमानीलाई आग्रह पनि गरेका छन् ।

सर्वसाधारणले जस्तै टिकटकलाइ आफ्नो खुसी साट्ने माध्यम बनाएकी सामाजिक अभियन्ता हिमानी शाह यतिबेला टिकटक भिडियोबाटै सामाजिक सञ्जालमा भाइरल बनेको छन् । उनी यस्तो मुडमा निकै बिरलै देखिने भएकाले पनि भिडियो भाइरल भएको हो ।

सोमवारमात्र एउटा टिकटक भिडियो भाइरल भएको पूर्व युवराज्ञी हिमानी शाहको छोरीहरुसंग रमाइलो गरेको अर्को टिकटक भिडियो पनि सार्वजनिक भएसंगै भाइरल भएको हो । छोरी र श्रीमतीले थाइल्याण्डमा गरेको रमाइलोको टिकटक भिडियो पूर्व युवराज पारस शाहले पनि शेयर गरेका हुन् ।

हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा अभिनय गरेकी छन् ।छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानी छोरीका साथमा रमाइलो गरिरहेकी छन् ।

उनीहरुले टिकटकमा बनाएको भिडियोमा देशभक्ति गीत सुन्न सकिन्छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ । त्यसै गरी ‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा पनि हिमानीले छोरीसँग टिकटक बनाएको छन् । छोरीहरुका साथ समय विताउन थाइल्याण्ड गएकी हिमानी लकडाउनका कारण उतै छन् भने पूर्व युवराज पारस भने पोखरामा रमाइलो गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *